नक्कली भुटानी शरणार्थी प्रकरण
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाण उनकै निवासबाट पक्राउ परेका हुन् ।
पूर्वगृहमन्त्री खाणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
खाणलाई प्रहरी परिसर टेकु लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबबहादृुर कार्कीले जानकारी दिए।
हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा खाण तानिएका हुन्।
यही प्रकरणमा पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे सहित दशजना पक्राउ परिसकेका छन्।