प्रतिनिधिसभा बैठक : राप्रपाका सांसदहरूद्वारा बैठकमा नाराबाजी

काठमाडौं, २७ वैशाख । प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरूले बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले कार्यसूची अनुसार आकस्मिक समय नराखिएको बताए पनि आफ्नो आसनबाट उठेर बोल्न समय मागेका हुन् ।

उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग समय माग गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।