नकली भुटानी शरणार्थी काण्डमा दृढतापूर्वक लाग्न प्रहरीलाई ओलीको आग्रह

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे ठगेर अमेरिका पठाउने अपराधका सन्र्दभमा छानविन गरिरहेको प्रहरीलाई निश्पक्ष र दृढतापूर्वक छानविन अघि बढ्न आग्रह गर्नुभएको छ ।

आजबाट सुरु केन्द्रीय कमिटीको पाँचौँ बैठकलाई सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । ‘सरकारी कर्मचारीको संलग्नता विना यत्रो काण्ड अघि बढेको होइन,’ ओलीले भन्नुभयो, ‘एमालेका तत्कालिन सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा पक्राउ भनेर नखरा पिटियो । मैले त्यसैबेला शान्त भावमा भने । कोही दोषी उम्किनु हुँदैन । निर्दोषलाई फराउन खोजियो भने त्यो पनि हामी हुन दिदैनौँ ।’

उत्ताउलिएर फलानालाई तानौँ, त्यसलाई जोगाउँ भनेर भएका घटनाको विरोध गरेको भन्दै ओलीले अहिले पनि त्यस्तो गर्न खोजिदैँछ भन्ने सुनेको बताउनुभयो । ‘यस्ता कुरा सुन्दैछु । दोषी नफसोस भनेको छु । अहिले अनुसन्धान पुलिसको हातमा छ । पुलिसलाई छाडिदिनुहोस् । पैसा–क–कसकले उठाए कहाँकहाँ बुझाए ? त्यो सबै पत्ता लाग्नेछ ।’