गण्डकीमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

कास्की, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ ।

मुख्यमन्त्री पाण्डले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्री नियुक्त गर्नुभएकाे हाे ।

कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसी, माओवादीका रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त हुनुभएका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै अपराह्न ४ बजे हुने बताइएको छ ।