प्रतिनिधि सभाको बैठक आज बस्दै, भ्रष्टाचार निवारण विधेयक पेस हुने
काठमाडौं, १ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तोकिएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ।
बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ।