सगरमाथा आरोहण सम्पन्न गरी फर्कने क्रममा एक जनाकाे मृत्यु

काठमाडाैं, ३ जेठ । नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा एकजनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पा रहेका छन् । उनको शवलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।

यसैगरी सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दीपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीसमेतको सहयोगमा क्याम्प–२ सम्म ल्याएर थप उपचारका लागि काठमाडौं पुर्यागाइएको छ ।

साथै सहसेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारका लागि काठमाडौं पठाइएकाेमा हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य सञ्चालन भइरहेको छ ।