प्रतिनिधिसभा बैठक अघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद भवन नयाँबानेश्वरमा भेटवार्ता गर्नुभएको हो ।

आज प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोध्नुभएको प्रश्नकाे जवाफ दिने कार्यक्रम रहेको छ । सोही विषयमा उहाँहरुबीच छलफल भएको हो ।

संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नुहुनेछ ।

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) को व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउनुहुनेछ ।