नीति तथा कार्यक्रममाथि सांसदहरूकाे छलफल जारी

काठमाडाैं, ८ जेठ । प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमाथि छलफल जारी छ।
प्रतिनिधि सभा बैठक बिहान ११ बजेदेखि सुरू भएको हाे । बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहनुभएकाे छ ।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेज भएकाे भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न सुझाव दिनुभएकाे थियाे ।