एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कप : नेपाल भारतसँग पराजित

काठमाडाैं, १० जेठ । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरस्थित आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो ।

यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ ।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ ।

आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो ।

नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो ।