काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा भारत

काठमाडौं, १२ जेठ । काभा वुमन्स च्यालेन्ज कप भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा पुगेकाे छ ।

काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कपमा ३–० को सोझो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा पुगेकाे हाे ।

पहिलो सेट २५–१७ ले जित्दा भारतले कुनै पनि समय अप्ठेरो महशुस गर्नुपरेन । १–१ को बराबरीपछि लगातार अग्रता बनाएको भारतले अन्तिमसम्म त्यसलाई कायम राखेको थियो ।

दोस्रो सेटमा भारतीय खेलाडीको कमजोर डिफेन्सका कारण उज्वेकिस्तानले सुरुमै १०–६ को अग्रता बनाए ।

भारतीय टिमले पुनरागमन गरी १५–१५ को अवस्थामा ल्याए । त्यसपछि अग्रता बनाएको भारतले सेट २५–२० ले जितेको हो ।

भारतले उपाधिका लागि नेपाल र काजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ ।

काजाकस्तानलाई हराउन सके नेपालले भारतसँग यो प्रतियोगितामा दोस्रोपल्ट खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *