काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
काठमाडौं, १४ जेठ । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल तेस्रो भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएकाे तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै नेपाल तेस्रो भएको हाे ।
आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो ।
जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो ।
