धादिङकाे रोराङमा भिरबाट लडेर आमा–छोराको मृत्युु

धादिङ, १६ जेठ । धादिङ रोराङ गाउँपालिकामा भिरबाट लडेर आमा–छोराको मृत्युु भएकाे छ ।

भिरबाट लडेर रोराङ–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।

दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।