प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनुभएका छन् ।
भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी उहाँ आज फर्कनुभएकाे हाे ।
यसअघि उहाँलाई नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले बिदाइ गर्नुभएकाे थियाे ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएकाे थियाे ।
भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत जानुभएकाे थियाे ।