एमालेसहित प्रतिपक्षी तीन दलको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको बैठक एक घण्टाकाे लागि स्थगित भएको छ ।

एमालेसहित प्रतिपक्षी तीन दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गर्नुभएकाे हाे ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलहरूले चर्काे नाराबाजी गरेपछि सभामुख घिमिरेले १ घन्टाका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।