५ खेलको टी-२० शृंखलाको उपाधि नेपाललाई

काठमाडौं, २१ जेठ । मलेसियालाई तीन विकेटले पराजित गर्दै ५ खेलको टी-२० शृंखलाको उपाधि नेपाली महिला क्रिकेट टीमले जितेको छ ।

पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपालले शृंखला ३-२ ले जितेको हो । शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो ।

शृंखलाको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो । जवाफमा दोस्रो इनिङमा नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो र शानदार जित निकाल्यो ।

नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन जोडिन् भने कप्तान रुविना क्षेत्री २३ रन जोडेर आउट हुँदा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।

मलेसियाको बलिङमा ऐन्ना हाजिमाले दुई विकेट लिँदा माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए ।

मलेसियाका लागि पहिला ब्याटिङ गरेको वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलिन । ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन योगदान गरे ।

नेपालको लागि कविता जोशीले २ विकेट लिए । ईश्वरीले १ विकेट लिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *