गाडीको ठक्करबाट काभ्रेकाे साँगामा पैदलयात्रुको मृत्यु
काभ्रेपलाञ्चोक, २४ जेठ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीकाे ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।
ठक्करबाट सख्त घाइते तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरीले गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएकाे छ ।