प्रतिनिधिसभामा बजेटमाथिको छलफल आज पनि
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजे शुरु हुनेछ ।
सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथि आज पनि छलफल जारी रहनेछ।
बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गर्दै सच्याउन आग्रह गरेकाे छ भने सत्तापक्षले पनि बजेटको आलोचना गरेका छन् ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहीबार पनि छलफल हुने भएकाे हाे ।