च्याम्पियन्स लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई
काठमाडौं, २८ जेठ । युरोपियन च्याम्पियन्स लिग फुटबलकाे उपाधि इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जितेको छ ।
शनिबार राति टर्कीको स्तानबुलमा भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउँदै म्यानचेस्टर सिटीले लिग जितेकाे हाे ।
सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ ।
यो सिजन सिटीले ट्रेवल (सिजनाको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।
सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्यो । सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।