शेयर बजारमा उच्च अंककाे वृद्धि, नेप्से परिसूचक दुई हजार नाघ्याे

काठमाडाैं, ३० जेठ । मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर दुई हजार नाघेकाे छ । यस दिन नेप्से परिसूचक ३४.१७ अंक बढेर २०२०.६४ विन्दुमा पुगेको हाे ।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ।

कारोबार रकमका आधारमा यस दिन २७० स्टकको ७० हजार ७५९ पटकको कारोबारमा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार तीन स्टकको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने कारोबारमा आएको प्रभु स्मार्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ३.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको साढे १७ करोडको शेयर कारोबार भएको छ भने आइएमई जनरल इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *