राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडाैं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
राष्ट्रपति पौडेल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरी २४ घण्टा अवलोकनमा रहेर आज बिहान डिस्चार्ज हुनुभएको हाे ।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उहाँ आज बिहान डिस्चार्ज हुनुभएको जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति पौडेल हिजाे बिहान अस्पताल भर्ना हुनुभएकाे थियाे ।