एसिसी वुम्नस इमर्जिङ टी-२० मा नेपाल भारतसँग खेल्दै

काठमाडौं, ३२ जेठ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम भारत सँग प्रतिस्पर्धा गर्दैछ।

आज बिहान ११:१५ मा हङकङको मोंग कोक मैदानमा सुरू हुने खेलमा नेपाल पहिलो जितको खोजिमा रहेका छन्।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको थियो। कसिलो बलिङ गरेपछि नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो। तर, ब्याटिङतर्फ फितलो प्रदर्शन रहँदा नेपाल ९ रनले पराजित भएको हो।

प्रतियोगिताको समूहचरणमा शीर्ष दुईमा रहँने टिमले सेमिफाइनलमा स्थान बनाउने हुँदा नेपाल भारतलाई पराजित गर्ने लक्ष्यमा रहेको छ।

नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङ समावेश छन्। नेपाल र हङकङ अहिलेसम्म जितविहीन रहँदा भारत र पाकिस्तानको ए टिमको दुई–दुई अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *