विवादास्पद अभिव्यक्ति दिंदै ‘आदिपुरुष’ फिल्मका लेखक मनोज मुन्तशिर
काठमाडाैं, ३ असार । भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।
फिल्म आदिपुरुष’लाई लिएर भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा मुंतशिरले नेपाल पहिले भारतकै अंश थियो भनेर अभिव्यक्ति दिएका हुन् । उनले जानकी भारतकी छोरी नै रहेको बताउँदै यो कुरा नेपालीले बुझ्न नसकेको बताए ।
‘आदिपुरुष’ नेपाल भारतको अंश हुँदाको कहानी भएको उनले बताए । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? भन्दै उनले प्रश्न गरेका छन् । १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको उनको भनाइ थियो ।
‘आदिपुरुष’का विवादित डायलगका कारण नेपालमा सर्बत्र विरोध भइरहेको छ । यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको छ । हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका छन् ।