जिम्बावेविरुद्ध आसिफको अर्धशतक
काठमाडौ ३ असार । आईसीसी विश्वकप क्रिकेटको छनोट खेलमा नेपालका ओपनर आसिफ शेखले घरेलु टोली जिम्बावेविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
जिम्बावेको हरारे स्पोर्टस् क्लबमा भइरहेकाे छनोट खेलमा यसअघि अर्का ओपनर कुशल भुर्तेलले पनि अर्धशतक प्रहार गरेका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो शुरुवात गरेको छ । आसिफले ८२ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५१ रन बनाए । यस्तै कुशलले ६३ बलमा ८ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।
