लाश बोक्ने घारो बाेकेर प्रदर्शनमा उत्रिए आन्दाेलनरत् सहकारी पिडितहरू
काठमाडौं, ३ असार । १९ औं दिनदेखि माइतिघर मण्डलामा आन्दाेलनरत् सहकारी पिडितहरू लाश बोक्ने घारो बाेकेर प्रदर्शनमा उत्रिएका छन् ।
बचतकर्ताहरूकाे विभिन्न सहकारीमा बचत गरेको पैसा लिएर संचालक फरार भएपछि उनीहरू निरन्तर सडक आन्दोलनमा उत्रिएका हुन् ।
देशभरका सहकारी पीडितहरू सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति बनाएर आवाज बुलंद गर्नका निम्ती १९ दिनदेखि माइतीघरमा आन्दोलन गर्दै आएका छन्।
पीडितहरूले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको र आफूहरूले दु:ख गरेर कमाएकाे रकम खाएर संचालकहरू पनि मरेको बराबर भएकाे भन्दै हरियो बाँसकाे लाश बोक्ने घारो बनाएर नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।
संघर्ष समितिका अनुसार देशभरका सहकारी पिडित संस्थाहरूकाे संख्या १ सय नाघेकाे छ । पीडितहरूले ठगीमा संलग्न संचालकहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने, अपुले बचत गरेकाे रकम ब्याजसहित फिर्ता नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
संघर्ष समितिका अनुसार संचालकहरूले देशभरका सहकारी संस्थाबाट ५० अर्ब रुपैयाँभन्दा बढी रकम ठगेका छन्।
