लगातार बढ्दो क्रममा रहेको शेयर बजारमा सामान्य अंककाे गिरावट
काठमाडाैं, ४ असार । नाै दिनदेखि लगातार बढेकाे शेयर बजारमा साेमबार सामान्य अंकले घटेकाे छ । नाै दिनमा लगातार १९१ अंकले बढेकाे बजारमा आज सोमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम भने ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन फाइनान्स उपसमूहको सूचक ५.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ । सोमबार होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।
यस दिन सेन्ट्रल फाइनान्स,माउन्टेन इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर र सिटि होटलको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ।
सोमबार युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने पाँचथर पावर, अभियान लघुवित्त र अपरहेवा हाइड्राेको शेयरमूल्य पनि उच्च् दरमा घटेको छ।
सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १८ करोड १३ लाख, सोल्टि होटलको १७ करोड ८९ लाख र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ।