प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, ५ असार । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दै छ। बैठक बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *