एक दिवसीय विश्वकप छनोट : नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, ५ असार । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र अमेरिका बिच प्रतिस्पर्धा हुँदैछ ।
जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
छनोट प्रतियोगिताकाे खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग भएकाेमा नेपाल ८ विकेटले पराजित भएकाे थियाे ।
नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।
नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिन्छ ।
