आईसीसी विश्वकप छनोट : सोमपालको ठाउँमा ललित खेल्ने

काठमाडौं, ५ असार । आईसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालका बलर ललित राजवंशीले खेल्नेछन् ।

आइतबार जिम्बाव्वेविरुद्धको खेलमा बलर सोमपाल कामीको हातमा चोट लागेका कारण मंगलबार जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा ललितले अमेरिकाविरुद्ध टिममा स्थान पाएका हुन् ।

मंगलबारको खेलमा अमेरिकी टिमका कप्तान मोनाक पटेल चोटका कारण खेल्ने छैनन् । अमेरिकाका लागि एरोन जोन्सले कप्तानी गर्नेछन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *