मन्त्रीको निधन : सुदूरपश्चिम प्रदेशमा शोक बिदा

कैलाली, ६ असार । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि सरकारले आज शोक बिदा दिएको हो ।

मन्त्री सिंह मंगलबार गृह जिल्ला बझाङ जाँदैगर्दा मन्त्री सिंह सवार गाडी केदारस्यूँ गाउँपालिकामा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
भने सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।