आज वेस्ट इन्डिजसंग भिड्दै नेपाल

काठमाडाैं। ७ असार । एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार वेस्ट इन्डिजसंग भिड्दै छन् ।

चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज आफैमा बलियाे टिम हाे । वेस्ट इन्डिजलाई हराएर नयाँ इतिहास बनाउने दाउमा नेपाल रहेकाे छ ।

नेपाली समय अनुसार आजकाे खेल हरारे स्पोर्ट्स क्लबमा १२:१५ बजे सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनै पनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै, २०१२ र २०१६ मा टी-२० विश्वकपसमेत जितेको थियो। वेस्ट इन्डिजलाई दुई टी-२० विश्वकप जिताएका कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक रहेका छन्।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक समेत हुन्। देशाईले २०१९ देखि २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका थिए ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताकाे पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले हराएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *