राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडाैं, ८ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलले आज जारी गरेकाे विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि मुटुकाे समस्या भएर उक्त अस्पतालमा उपचाररत हुनुहुन्छ ।