सिँचाइकाे पोखरीमा डुबेर गैँडाकोटमा २ बालकको मृत्यु
नवलपरासी, ९ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सिँचाइकाे पोखरी डुबेर २ बालकको मृत्यु भएकाे छ ।
गैंडाकोट नगरपालिका वडा नं –३ मा रहेकाे सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको हाे ।
गैँडाकोट स्थित तात्रीबासका वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालक मृत अवस्थामा भेटिएका हुन् ।
बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।