आईसीसी एक दिवसीय विश्वकप छनोटमा आज नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
काठमाडौं, ९ असार । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले नेदरल्याण्ड्ससँग भिड्दै छन् ।
खेल जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा आज नेपाली समय अनुसार दिउँसो १२: ४५ बजे हुनेछ ।
यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपालले यो खेल जित्नै पर्ने दबाबमा छ ।
आज नेदरल्याण्ड्सलाई पराजित गरेमा नेपाल सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ ।
नेपाल सुपर सिक्समा जान नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरणमा जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
