नेपाल भारतसंग पराजित भएसंगै साफ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं, ९ असार । भारतसँग २–० गोलले पराजित भएसंगै नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ ।

भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा भएकाे खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले ६२औं मिनेटमा गोल गरे साथै भारतका महेश नोरिमले ७०औं मिनेटमा गरेपछि अग्रता दोब्बर पारे ।

भारतले त्यहि अग्रतालाई खेलको निर्धारितसमय सम्म कायम राख्दै नेपालमाथि जित निकाल्यो ।

अघिल्लो खेलमा नेपाल कुवेत ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणमा पाकिस्तानसँग खेल्न बाँकी छ । पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *