थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, १३ असार । मलेसियामा भइरहेकाे एसीसी मेन्स यु-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले २२५ रनको फराकिलो अन्तरले थाइल्यान्डलाई हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो।
२७० रनको लक्ष्यका मैदानमा उत्रेको थाइल्याण्डले १३ ओभरमा ४४ रनमा अलआउट भएको हो।
नेपाल यो खेल जितेर मलेसियासँगै सेमिफाइनलमा पुगेको छ भने थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।