आइसिसी विश्वकप छनाेट : आज यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडाैं, १७ असार ।​ आइसिसी विश्वकप छनोट अन्तर्गत खेलमा आज यूएईसँग नेपालले प्रतिस्पर्धा गर्दैछ ।

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने उक्त खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ मा हुनेछ ।

नेपालले छनोटमा ४ खेलमा ३ मा हार र १ जितसहित २ अंक जोड्दा यूएई अंकविहीन बनेको थियो। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले हराएको थियो।

यस खेलमा विजेता बन्ने टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *