शेयर बजारमा नेप्से ५३.७० अंकले घट्याे
काठमाडाैं, १७ असार । आइतबार शेयर बजारमा नेप्से ५३.७० अंक घटेकाे छ ।
यस दिन नेप्से परिसूचक घटेर २०९७.२९ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स १२.२३ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको कारोबार भएको बजारमा यस दिन २८६ स्टकको ७४ हजार ४४१ पटकको कारोबारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।
यस दिन श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ४२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको साढे २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सोल्टी होटलको करिब २१ करोडको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ।