नेप्से परिसूचक २१.३२ अंकले ओरालो लाग्यो

काठमाडौं, १८ असार । आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक आजपनि ओरालो लागेकाे छ ।

साेमबार नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको हाे। यस दिन सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक घटेको छ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

सोमवार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सोमवार सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ। यस दिनकाे कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।