नेप्से परिसूचक स्थिर, दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
काठमाडाैं, २१ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक स्थिर रहेको छ । नेप्से, यस दिन ०.०६ अंक घटेर २०४९.३८ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ । आज २८० स्टकको ६९ हजार ६५५ पटकको कारोबारमा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिटि होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन अपर तामाकोशी हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मोदी इनर्जीको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। प्रभु बैंकको संस्थापक शेयर यस दिन करिब १७ करोडको खरिदबिक्री भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ ।