एसइईको नतिजा सार्वजनिक : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस, नतिजामा सुधार

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आज सार्वजनिक गरेको छ ।

बोर्डकाे आज दिउँसो बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसंगै नतिजा सार्वजनिक गरिएको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए ।

जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत बढी हाे । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

यस्तै ए जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको छ । यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको ११ दशमलव ३६ प्रतिशत हो ।

२.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

नतिजा यसरी हेर्नुहाेस
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाको नतिजाका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिन्छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ । त्यस्तै एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।