इमर्जिङ कप खेल्ने नेपाली टिम घोषणा

काठमाडौं, २२ असार । आगामी साताबाट श्रीलंकामा शुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम टिम घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको हो । टिममा ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी छैनन् ।

सन्दीप र दीपेन्द्रले भने जुलाई २० देखि क्यानडामा हुने फ्रेन्चाइज लिग ग्लोबल टी–२० क्यानडा खेल्न लागेका कारण इमर्जिङ कप नखेल्ने भएका हुन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागिता जनाउँदै छन् । नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो ।

इमर्जिङ कप खेल्ने नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *