आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, २४ असार । प्रतिनिधिसभा बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् ।

जसअनुसार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधयेक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ।

आजै सो विधेयक माथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद् सचिवालयले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *