श्रीलंकामामा हुने इमर्जिङ टिम्स एसिया कप खेल्ने खेलाडीकाे बिदाइ

काठमाडौं, २५ असार । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने खेलाडीहरूकाे बिदाइ गरिएकाे छ ।

क्यानले साेमबार एक कार्यक्रमको आयोजना गरी नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । नेपाल समूह बी मा परेकाे छ ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा पवन सर्राफ, रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन् ।

यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको हाे ।