प्रधानमन्त्रीले गल्ती स्वीकार गर्ने भएपछि एमालेले सदन खुलाउने
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएपछि नेकपा एमालेले सदनको अवरोध खुलाउने भएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले तीन दलसँगको छलफलमा आफ्नो गल्ती भएको स्वीकार गर्दै सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुख व्यक्त गर्ने सहमति भएकाले सदनकाे अवरोध खुलाउने अध्यक्ष ओलीले दलको बैठकमा ब्रिफिङ गर्नुभएकाे हाे ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले भन्नुभयाे – प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने, त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्याउने तथा सचिवालयले गरेको प्रेस नोटेले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ ।