एसिसी इमर्जिङ टिम्स कप : भोलिदेखि नेपालको खेल
काठमाडौं, २८ असार । श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप आजदेखि सुरु हुँदैछ भने नेपालले भाेलीदेखि खेल्दैछ ।
प्रतियोगिताको पहिलो दिन श्रीलंका र बंगलादेशको ‘ए’ टिमले प्रतिस्पर्धा गर्दैछन् । आजैकाे अर्काे खेलमा अफगानिस्तान र ओमानको ‘ए’ टिम पनि प्रतिस्पर्धा गर्दैछन् ।
एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिममा सहभागिताका लागि श्रीलंका पठाएका छन्। नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ।
नेपालकाे टाेलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी टिममा सहभागी भएका छैनन्।
दीपेन्द्र र सन्दीप क्यानडमा हुने ग्लोबल टी-२० खेल्नका लागि उक्त टिममा सहभागी नजनाएका हुन् । आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए भने ज्ञानेन्द्र र करणलाई भने उक्त टिममा सहभागी नगराएका हुन् ।
प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको छ।
