इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं, २९ असार । इमर्जिङ टिम्स एसिया कपमा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

श्रीलंकाकाे कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्ड हिजाेदेखि सुरूभएकाे एसीसी इमर्जिङ टिम्स कपकाे
आजकाे खेलमा नेपाल पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको हाे ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानलाई जिताउन मोहमद तयुब तहिरले अर्धशतकीय पारी खेले । ५१ रन बनाएका उनी ललित राजवंशीको बलमा पवन सराफको हातबाट क्याच आउट भए ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे । कुशल मल्लले १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौं विकेटका लागि २८ रनको साझेदारी भएको थियो ।

नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।

हसिबुल्लले २३ बलमा १ चौका सहित १२ रन बनाए । पहिलो बलमा नै सोमपाल कामीको बलमा स्लिपमा बसेका कुशल भुर्तेलले उनको क्याच लिन सकेका थिएनन् । पहिलो बलमा नै जीवन दान पाएका उनी ७.१ ओभरमा क्याच आउट भए ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । नेपालले समूहको दोस्रो खेलमा सोमबार भारत एसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *