घट्याे पेट्रोलियम पदार्थको मूल्य, आज राति १२ बजेदेखि स्वचालित प्रणाली सुरु हुने

काठमाडाैं, ३१ असार । नेपाल आयल निगम लिमिटेडका अनुसार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । साथै निगमले आज राति १२ बजेदेखि स्वचालित प्रणाली पुन: सुरु गरेकाे छ ।

निगमले स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको हाे ।

निगमका अनुसार एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ ।

इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो ।