भारत ए विरुद्ध कप्तान रोहितले बनाए उत्कृष्ट अर्धशतक

काठमाडौं, १ साउन । इमर्जिङ एसिया कप अन्तरगत भारत ए विरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक पूरा गरेका छन् ।

धराशयी बनेको नेपालको ब्याटिङलाई कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गर्दै अर्धसतक बनाएका हुन् ।

उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।

त्यसअघि नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे । खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *