नेपाली भलिबल टिमका कप्तानमा मानबहादुर श्रेष्ठ
काठमाडौं, २ साउन । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त हुनुभएका छन् ।
नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आउनुभएकाे छ । श्रेष्ठले पाँच वटा सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेल्नुभएकाे छ ।
ओपन स्पाइकर श्रेष्ठले त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आउनुभएकाे छ ।
संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।
