आजको मन्त्रिपरिषद् बैठकले गर्याे तीन निर्णय

काठमाडौं, ३ साउन । आजको बसेकाे मन्त्रिपरिषद् बैठकले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको बैठकले सुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

यस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति भएको छ।

इटालीमा आयोजना हुने युनाइटेड नेशन फुड सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।

यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *